सन् १८८२ मा निर्मित घर १ लाख ६९ हजार पाउन्डमा बिक्री भएको छ।
बेलायतको पश्चिमी क्षेत्र समरसेटकी न्यान्सी गिफर्डले १०२ वर्ष बिताएको घर बिक्री गरेकी छन्।
गिफर्डले गत मंगलबार मात्रै आफ्नो १०४औँ जन्मोत्सव मनाएकी थिइन्।
रोचक कुरा के भने उनी २ वर्षकी हुँदा आमाबुबाले सो घर सन् १९२१ मा २०० पाउन्डमा किनेका थिए। अहिले १ लाख ६९ हजार पाउन्डमा बिक्री भएको छ।
किनेको मूल्यभन्दा ८५० गुणा बढीमा घर बिक्री भएको स्काई न्युजले जनाएको छ।
सोही घरमै हुर्किएका गिफर्डका ७९ वर्षीय छोरा बाल्यकालको स्मरण गर्दै भन्छन्, “हामी केटाकेटी छँदा आफ्नो उमेरका सबैलाई चिन्थ्यौँ र घरहरू खुला नै रहन्थे। सबै गरिब थियौँ तर, खुशी थियौँ।”
पाँच पुस्ता रमाएको घर लामो समयपछि पनि पहिलेकै अवस्थामा देख्न सकिन्छ। सो घर सन् १८८२ मा बनेको थियो।
गिफर्ड यति लामो समयसम्म स्वस्थ रहनु धेरैका लागि आश्चर्य र प्रेरणाको कुरा रहेको स्काई न्युजले उल्लेख गरउको छ। उनका एक छोरा र एक छोरी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
