जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या बागमती प्रदेशमा रहेको छ। बागमतीमा कुल जनसंख्याको २०.९७ प्रतिशत अर्थात ६१ लाख २० हजार जनसंख्या रहेको छ।
काठमाडौँ– नेपालको १२औँ राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरेका हुन्।
शुक्रबार सार्वजनिक अन्तिम नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ जना र महिला १ करोड ४९ लाख ११ हजार २७ छन्।
जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या बागमती प्रदेशमा रहेको छ। बागमतीमा कुल जनसंख्याको २०.९७ प्रतिशत अर्थात ६१ लाख २० हजार जनसंख्या रहेको छ।
त्यसपछि मधेश प्रदेशमा ६१ लाख १० हजार जनसंख्या रहेको छ। सबैभन्दा कम जनसंख्या भने कर्णालीमा रहेको छ।
कर्णालीमा कुल जनसंख्याको ५.७९ प्रतिशत जनसंख्या छ। सबैभन्दा बढी जनसंख्या वृद्धि भक्तपुरमा भएको छ। रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ।
जिल्लागत रूपमा सबैभन्दा धेरै काठमाडौँमा २० लाख ४१ हजार ५८७ जनसंख्या छ। सबैभन्दा कम मनाङमा ५ हजार ६८५ जनाको बसोबास छ।
यस्तै तराईको जनसंख्या १ करोड ५६ लाख ३४ हजार ६, पहाडको १ करोड १७ लाख ५७ हजार ६२४ र हिमाली क्षेत्रको १७ लाख ७२ हजार ९४८ जना रहेको छ।
केन्द्रीय तथ्यांक विभागले २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणना गरेको थियो ।
त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमा सार्वजनिक गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
