तथ्यांक उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना २०७८ अनुसार नेपालमा पुरुषभन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशतले कम रहेको बताएका छन्।
काठमाडौँ– नेपालको साक्षरता दर १० वर्षमा १०.४ प्रतिशतले वृद्धि भएको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो।
पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको तथ्यांक विभागले जनाएको छ। तथ्यांक उपप्रमुख डा. हेमराज रेग्मीले भने, "नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ। साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ।“ २०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो। जसमा पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो।
रेग्मीका अनुसार नेपालमा २१ लाख ९० हजारभन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेका छन्। उनले १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा बसोबास गर्ने गरेको बताए। यो संख्या २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो।
२०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गरेको पाइएको थियो। जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ।
रेग्मीले जनगणनामा सधैँको लागि देश छोडेर गएका व्यक्तिहरूको गणना नगरिएको बताए। त्यस्तै, परिवारका सबै सदस्य विदेशमा रहेकाहरूको पनि गणना गरिएको छैन। रेग्मीले उमेर समूहअनुसार १५ देखि १९ वर्षको उमेर समूहमा कूल जनसंख्याको सबैभन्दा बढी प्रतिशत रहेको बताए। २०६८ को जनगणनामा भने १० देखि १४ वर्षको बीचको उमेर समूहका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
