उनले आफू कालोसूचीमा नरहेको भन्दै कालोसूचीमा भए देखाउन चुनौती दिए। उनले कर्जा सूचना केन्द्रको 'ब्ल्याकलिस्ट'मा आफ्नो नाम फेला परे जुनकुनै सजाय भोग्न आफू तयार रहेको बताए।
काठमाडौँ– सत्तारूढ गठबन्धनले रूपन्देही-२ मा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापालाई समर्थन गरेको छ।
यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का राजु गुरूङले उम्मेदवारी दिएका थिए। तर, चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धन उम्मेदवारविहीन बनेको थियो।
शनिबार रूपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का नेता गुरूङले राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही-२ बाट उम्मेदवार रहेका थापालाई गठबन्धनले एकमतका साथ साझा उम्मेदवार स्वीकार गरेको बताए। उनले साझा उम्मेदवारलाई आगामी निर्वाचनमा जिताउन पनि मतदातासँग आग्रह गरे।
नेता गुरूङले आफ्नो उम्मेदवारी जालझेलपूर्ण र षड्यन्त्रपूर्वक ढंगबाट खारेज गरेको आरोप लगाए। उनले आफ्नो उम्मेदवारी खारेज हुनु भनेको नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा भएको टिप्पणी गरे। उनले आगामी निर्वाचनमा थापालाई जिताएर नेकपा एमालेको दादागिरी रोक्ने बताए।
उनले सर्वोच्च अदालत र निर्वाचन आयोग एउटा पार्टीको पार्टी कार्यालयजस्तो बनेको आरोपसमेत लगाए। उनले भने, "सर्वोच्च अदालत र निर्वाचन आयोग एउटा पार्टीको पार्टी कार्यालयजस्तो बनेको छ। हिजो बालुवाटार काण्डमा मुछिएका कुमार रेग्मीको इजलासबाट यो निर्णय भएको छ।"
उनले आफू कालोसूचीमा नरहेको भन्दै कालोसूचीमा भए देखाउन चुनौती दिए। उनले कर्जा सूचना केन्द्रको 'ब्ल्याकलिस्ट'मा आफ्नो नाम फेला परे जुनकुनै सजाय भोग्न आफू तयार रहेको बताए।
नेता गुरूङले गत असोज २३ गते नेकपा (एकीकृत समाजवादी) बाट गठबन्धनको साझा उम्मेदवारको रूपमा रूपन्देही- २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए। जिल्ला निर्वाचन अधिकृतको कार्यालयले कालोसूचीमा नाम रहेको भन्दै असोज २५ गते उनको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको थियो। त्यसपछि उनी रिट लिएर सर्वोच्च गएका थिए। सर्वोच्चले कात्तिक ६ गते निर्वाचन अधिकृतको कार्यालयको निर्णय सदर गर्दै उनको रिट खारेज गरिदिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
