नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

शनिबार सूचना जारी गर्दै महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रको जग्गा कब्जा गरी बनाइएका संरचना सात दिनभित्र हटाउन निर्देशन छ। 

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिएको छ।

शनिबार सूचना जारी गर्दै महानगरले नदी किनार, नदी उकास, नदी बहाव क्षेत्र तथा नदी कोरिडोरको सार्वजनिक जग्गा कब्जा गरी बनाइएका संरचना हटाउन भनेको हो।

अटेर गरेर नभत्काए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्य प्रचलित कानूनबमोजिम हटाइने सूचनामा उल्लेख छ।

यसरी हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षसँगै असुल उपर गर्ने महानगरको चेतावनी छ।