सामुदायिक रेडियो प्रसारक संघको कार्यसमितिसँग भेट गर्दै राष्ट्रपति पौडेलले सामुदायिक रेडियोहरू दुर्गम भेगसम्म पुग्ने भएकाले ‘श्रम संस्कृति’लाई प्रोत्साहन गर्ने सामग्री प्रसारण गर्न सुझाव दिए।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोले श्रमप्रति सम्मान र कामप्रति गर्व महसुस हुने खालका सामग्री प्रसारण गर्नुपर्ने बताएका छन्।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को कार्यसमितिसँग शनिबार शीतल निवासमा भेट गर्दै राष्ट्रपति पौडेलले सामुदायिक रेडियोहरू दुर्गम भेगका समुदायसम्म सहज रूपमा पुगेको र समुदायसँग घुलमिल भएकाले ‘श्रम संस्कृति’लाई प्रोत्साहन गर्ने खालका सामग्री प्रसारण गर्नु सुझाव दिए।
“श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य भए पनि अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने मनोविज्ञान र धारणा निर्माण भइरहेको छ,” उनले भने, “यो धारणा बदल्न र कामप्रति गर्व गर्न हरेक नागरिक तथा समुदायमा सूचना र शिक्षा प्रदान गर्नु सामुदायिक रेडियोको दायित्व हो।”
भेटघाट कार्यक्रममा अकोराबका अध्यक्ष अर्जुन गिरीले राष्ट्रपति पौडेललाई सफल कार्यकालको शुभकामना दिँदै सामुदायिक रेडियोको पनि अभिभावक बन्न आग्रह गरे।
अध्यक्ष गिरीले राष्ट्रपति पौडेललाई रेडियो सेट उपहार दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
