प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्यमान राजनीतिक–आर्थिक चुनौतीहरू छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पबद्ध रहेको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न संकल्पबद्ध रहेको बताएका छन्। लायन्स क्लब अफ इन्टरनेसनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्रिय सहमति र सहकार्यका आधारमा विद्यमान चुनौतीलाई अवसरमा बदल्ने आफ्नो संकल्प रहेको बताएका हुन्।
आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित रहेको दोहोर्याउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि आफूले राष्ट्रिय सहमति र सहकार्यमा जोड दिएको स्पष्ट पारे।
"यस कार्यकालमा बदलिएको राजनीतिक व्यवस्था अनुरूप जनताको अवस्था बदल्नु, निराशालाई चिर्दै देशमा आशाको रक्त सञ्चार सृजना गर्नु, राष्ट्रिय सहमति र सहकार्यका आधारमा चुनौतीलाई अवसरमा बदल्नु मेरो दृढ संकल्प रहेको छ," उनले भने।
प्रधानमन्त्री दाहालले मुलुकमा विद्यमान समस्याको समाधानका लागि सरकारलाई साथ दिन निजी क्षेत्र, सामाजिक संंघ, संस्था र नागरिक अगुवालाई आग्रह गरे। मुलुकमा विद्यमान निराशालाई चिर्दै अघि बढ्ने काममा सरकार लागी परेको उल्लेख गर्दै उनले त्यस काममा लायन्सजस्ता सामाजिक संघ, संस्थाको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री दाहालले दूरदराजमा रहेका विपन्न सबै समुदायसम्म पुगेर त्यहाँका युवाको नेतृत्व विकास गर्ने गरी नीति, कार्यक्रम र कार्ययोजना बनाउन पनि लायन्स क्लबको ध्यानाकर्षण गराए। लायन्स क्लबले शहरमा मात्रै केन्द्रित नभई पछि परेका/पारिएका युवालाई पनि अघि बढाउने गरी कार्य अघि बढाउनुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो विकसित परिस्थिति र समावेशी लोकतन्त्रको मान्यता अनुसार सामाजिक संघ, संस्थाहरूले पनि आफ्नो कार्यक्षेत्रको दायरा फराकिलो बनाउन जरुरी रहेको बताए। त्यस अवसरमा उनले विपद्मा परेका बेला लायन्स क्लबले खेलेको भूमिका प्रशंसनीय रहेको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
