कोशीले दिएको ८८ रनको विजयी लक्ष्य एपीएफले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।
काठमाडौँ– सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जारी ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गरेको छ। एपीएफले कोशीलाई सात विकेटले पराजित गरेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै कोशीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ८७ रन बनायो। एपीएफले ८८ रनको विजयी लक्ष्य १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।
एपीएफका लागि ममता चौधरीले अविजित २१, कप्तान सीता राना मगरले १९, इन्दु बर्माले १८ तथा ज्योति पाण्डे र रोमा थापाले ११/११ रन बनाइन्। बलिङतर्फ कोशीका लागि एलिशा खादिया, रुबिना क्षेत्री र निशा साहले एक/एक विकेट लिइन्।
यसअघि ब्याटिङ गर्दै कोशीका लागि काजल श्रेष्ठले २९, कप्तान रुबिना क्षेत्रीले २४ र अप्सरी बेगमले २२ रन बनाइन्। बलिङतर्फ एपीएफका लागि सीता राना मगरले तीन तथा इन्दु बर्माले एक विकेट लिइन्। जितसँगै एपीएफ क्लब अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
