माओवादी केन्द्रले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी 'डेलिभरी'का कामलाई तीव्रता दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताएका छन्।
काठमाडौँ– सत्तारूढ नेकपा माओवादी केन्द्रले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपराह्न बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले सोमबारसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी 'डेलिभरी'का कामलाई तीव्रता दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
उनका अनुसार बैठकमा संसद्लाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारूढ दलहरूबीच छलफल गर्ने विषयमा छलफल गरिएको थियो।
"संसद्लाई सुचारु गर्नेबारेमा कसरी जाने र विभिन्न गठबन्धनमा रहेका पार्टीसँग छलफल गरेर संसद्लाई प्रभावकारी, गतिशील ऐन, कानूनहरू पनि बनाउने लगायतका विषयमा समीक्षात्मक छलफल भयो," उनले भने, "क्याबिनेटको विस्तार बढीमा फर्सीसम्ममा छिटोभन्दा छिटो क्याबिनेट विस्तार गरेर डेलिभरीका काम शुरूआत गर्ने भन्नेबारेमा छलफल भयो।"
संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरूले जोड दिएको सचिव पौडेलले बताए। बैठकमा नेताहरूले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को ध्यानाकर्षण गराएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
