नेपाली समाजमा दलितमाथि गरिएको विभेदको यथार्थ चित्रण कथाहरूमा समावेश गरिएको लेखक खगेन्द्र संग्रौलाले बताएका छन्।
कथाकार खगेन्द्र संग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’ पुस्तक विमोचन भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा बेला प्रकाशनद्वारा आयोजित समारोहमा प्रतिष्ठानका कुलपति भूपाल राई, लेखक खगेन्द्र संगौला, साहित्यकार युग पाठक र सामाजिक अभियन्ता सरिता परियारद्वारा संयुक्त रूपमा उक्त पुस्तकको विमोचन भएको हो।
पुस्तकमा विसं २०२७ देखि २०५० सम्म लेखिएका आठ कथाहरूको संग्रह समावेश गरिएको छ। नेपाली समाजमा दलितमाथि गरिएको विभेदको यथार्थ चित्रण कथाहरूमा समावेश गरिएको लेखक संग्रौलाले बताए।
कथामा समावेश गरिएका समाज, राज्य व्यवस्था, संस्कृतिले ल्याएको दलितमाथि प्रयोग हुने अपमान शब्दहरू, पात्र, विषय प्रत्यक्ष रूपमा देखिएका र अनुभव गरेको विषयवस्तुलाई समावेश गरिएको उनले जानकारी दिए।
समारोहमा प्रतिष्ठानका कुलपति राईले कथा आवाजविहीनहरूको आवाज रहेको बताए। उनले भने, “दलितमाथि गरेको ज्यादती लेखकका कथामा रहेको छ । कथाबाट नेपाली समाजमा दलितले भोगेको पीडा उत्पीडनलाई उल्था गरेको छ। उनीहरूमाथि गरेको विभेद असह्य रहेकाले पुस्तकले त्यो अन्यायको अन्त्य गर्नुपर्ने आवश्यक छ।”
लेखकले दलितमाथि लेखिएका आठ कथाभित्रका दलित महिलाविरुद्धको यौन शोषण, दलितले जीवन जिउनका लागि गरेको संघर्ष, दमन, उत्पीडन, पीडा, दलितले दलित महिलालाई गर्ने व्यवहारलाई लेखकले न्यायसंगत रूपमा कथामा समेटेको अभियन्ता परियारले बताइन्।
साहित्यकार युग पाठकले जात अनुकूल शक्ति संरचना बनाई दलितको आत्मसम्मानमा विगतमा आँच पुर्याएको तीतो यथार्थलाई कथामा समावेश गरिएको बताए। कथाका पात्र, चरित्रले नेपाली समाजको यथार्थ प्रतिविम्ब गरेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
