थ्री नेसन्स कप : लाओससँग भुटान पराजित

प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत शनिबार भएको खेलमा लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको छ।

काठमाडौँ– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत शनिबार भएको खेलमा लाओस विजयी भएको छ। लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

खेलको तेस्रो मिनेटमै लाओसका लागि बोन्पाचान बोन्कोङ्गले गोल गर्दै अग्रता दिलाएका थिए। साथै भुटानका चेन्चो ग्यालेसनले ३४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर खेलको ७१औँ मिनेटमा लाओसका लागि बोन्पाचान बोन्कोङ्गले दोस्रो गोल गर्दै फेरि अग्रता दिलाएका थिए। 

त्यसपछि खेलमा कुनै गोल हुन सकेन र लाओस विजयी भयो। समूह चरणको अन्तिम खेलमा मंगलबार नेपाल र भुटान भिड्नेछन्। पहिले खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो।