प्रतितोला ६०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन आइतबार एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।

सुन प्रतितोला ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार एक लाख नौ हजार ८०० रुपैयाँ रहेको सुन आइतबार एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो।

महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ७०० रुपैयाँ छ। आइतबार चाँदी चाँदीको मूल्य भने बढेको छ।

चाँदी प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।