भान्साकोठामा भेटियो ४०० वर्ष पुरानो पेन्टिङ

बेलायतको योर्क शहरस्थित एक घरको भान्साकोठामा भेटिएको सो पेन्टिङलाई हिस्टोरिक इंल्यान्ड (ऐतिहासिक वस्तु संरक्षण गर्ने संस्था)ले संरक्षण गर्ने तयारी गरेको छ।

बेलायतका एक व्यक्तिले आफ्नो घरको भान्साकोठा मर्मत गर्ने क्रममा राष्ट्रिय महत्त्वको पेन्टिङ फेला पारेका छन्।

२९ वर्षीय डा. लुक बुडवर्थले योर्क शहरको मिकलगेटस्थित घरको भान्साकोठामा सो पेन्टिङ भेटाएका हुन्। पेन्टङ कवि फ्रान्सिस क्वार्लेसद्वारा सन् १६३५ मा लिखित पुस्तक ‘एम्बेम’मा आधारित रहेको पाइएको छ।

लुक लिड्स विश्वविद्यालयका मेडिकल अनुसन्धानकर्ता हुन्। आफ्नो कोठाको भित्तामा केही अनौठो पाइपजस्तो वस्तु छ भन्ने चाल पाए पनि यति महत्वपूर्ण ऐतिहासिक पेन्टिङ भेटिएला भन्ने नसोचेको उनले बताएका छन्।

पेन्टिङको पहिलो टुक्रा भेटिएको केही समयपछि, लुकले भान्छाको चिम्नीको छानामुनी थप टुक्रा फेला पारेको थिए।

यो पेन्टिङलाई हिस्टोरिक इंल्यान्ड (ऐतिहासिक वस्तु संरक्षण गर्ने संस्था)ले संरक्षण गर्ने तयारी गरेको छ।

हिस्टोरिक इंल्यान्डका प्रवक्ता भन्छन्, “योर्क शहरको पृष्ठभूमि समेटिएको यो पेन्टिङ राष्ट्रिय महत्त्वको विषय हो। योर्कमा घरका भित्तामा बनाएका पेन्टिङहरू बिरलै पाइन्छन् जसमा धेरैको विशेष रुचि हुने गर्छ।”