कांग्रेस सांसद शेखर कोइरालाले देशमा देखिएको असहजताको परम्परागत टालटुले विधिबाट नभई दीर्घकालीन रूपबाटै निकास दिने गरी सरकारले काम गर्नुपर्ने बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक संकट समाधानका लागि फजुल खर्च कम गर्ने सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दललाई आग्रह गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन र जनताको अपेक्षाअनुसार काम गर्न संसद्, सरकार र प्रतिपक्षसहितका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुलुकको अर्थतन्त्रमा देखिएका संकट हटाउनका लागि सबै मन्त्रीहरूलाई नैतिक रूपमा तलमाथि गर्न नदिने प्रण गर्न सुझाए।
नेता कोइरालाले आफूले अर्थविद्, व्यापारी, उद्योगपतिसँग मुलुकको आर्थिक संकटबारे गम्भीर छलफल गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि मिलेर अघि बढ्न राजनीतिक दलहरू प्रतिबद्ध हुनुपर्ने धारणा राखे।
“राजनीतिक नेतृत्वमा पनि आम जनताको विश्वास घटेपछि सबल अर्थतन्त्र धराशायी बन्न समय लाग्दैन। त्यसैले अहिलेको असहजताको सम्बोधन परम्परागत टालटुले विधिबाट होइन। दीर्घकालीन रूपबाटै निकास निस्कने गरी सरकारले काम गरोस्,” उनले भने।
नेता कोइरालाले युरोप र अमेरिकामा देखिएको बैंकिङ समस्याबाट पाठ सिकेर नेपालले अघि बढ्नुपर्ने भएकाले सोहीअनुसार विज्ञहरूको परामर्श लिएर अघि बढ्न पनि सरकारलाई सचेत गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
