लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्र र जनमत पार्टीका मन्त्रीहरूले राजीनामा दिएका छन्।
दाङ– लुम्बिनी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र र जनमत पार्टी बाहिरिएको छ। माओवादी केन्द्रबाट सरकारमा सहभागी तीन जना मन्त्रीले आइतबार मुख्यमन्त्री लीला गिरीसमक्ष सामूहिक राजीनामा दिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए।
“पार्टीका सबै मन्त्रीले राजीनामा दिइसक्नु भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसहित नयाँ सरकार गठनका दाबीका लागि बहुमतसहितको प्रदेश प्रमुखको कार्यालयमा जाँदैछाैँ,” उनले भने।
साथै, जनमत पार्टीबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले पनि राजीनामा दिएका छन्। उनले आफूले मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएको र नयाँ बन्ने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताए।
लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वमा सरकारमा गत पुस २८ मा माओवादी केन्द्रका तर्फबाट कृष्णा केसी विनाविभागीय मन्त्रीको रूपमा सहभागी भएकी थिइन्। त्यसको करिब एक महिनापछि मुख्यमन्त्री गिरीले माओवादी केन्द्रका संसदीय दलका नेता जोगबहादुर महरा आर्थिक मामिलामन्त्री र ईन्द्रजित थारू भौतिक पूर्वाधार विकास मन्त्री र कृष्णा केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारीसहित नौ सदस्य मन्त्रीमण्डल विस्तार गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
