राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन्।
काठमाडौँ– राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने बताएका छन्।
आइतबारको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला आवश्यक छ भन्ने सन्देश हालैको आईसीसी विश्वकप लिगले देखाइसकेको उल्लेख गर्दै भने, “भरतपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका काममा देखिएका व्यवधानहरूको अन्त्य गर्दै गेम चेन्जर परियोजनाको रूपमा रहन सक्ने सो रंगशाला निर्माणको पूर्ण स्वामित्व र अपनत्व आफैँ वा भरतपुर महानगरपालिका लिने गरी निर्णय गर्न नेपाल सरकार समक्ष अनुरोध गर्दछु।”
सांसद देवकोटाले नेपालमा शिक्षाको अवस्था चिन्ताजनक रहेको बताए। उनले विद्यालय शिक्षामा बोर्डिङ स्कुलको प्रवेशले कैयौँ सरकारी विद्यालय ध्वस्त भएको र उच्च शिक्षामा निजी कलेजले सरकारी कलेज सुनसान बनाएको उल्लेख गरे। उनले निजी कलेज, स्कुलले मनपर्दी शुल्क बढाउँदासमेत सरकार मौन रहेको भन्दै आपत्ति जनाए। उनले नेपालबाट दिनहुँ विद्यार्थी विदेश पलायन भइरहेको भन्दै गम्भीर बन्न सरकारलाई आग्रह गरे।
'नक्कली कागजात बनाइ विदेश पठाइँदा सरकार के हेरेको छ?'
राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले वैदेशिक रोजगार व्यावसायिक संस्थाले मनपरी ढंगले विदेश पठाइरहेको बारेमा सरकार जानकार छ कि छैन भन्दै प्रश्न गरेकी छन्। उनले वैदेशिक रोजगार व्यावसायिक संस्थाले मनपरी ढंगले श्रमिकलाई विदेश पठाइरहेको भन्दै सरकारले आवश्यक कदम चाल्न माग गरिन्।
“विभिन्न खालका नक्कली कागजपत्रहरू बनाएर पठाइरहेको स्थितिलाई सरकारले निगरानी राख्नुपर्छ कि पर्दैन। उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ कि पर्दैन? यसको दुःख र कष्ट आज गरिब, निमुखा जनताले भोगिरहेका छन्,” उनले भनिन्। उनले युवालाई स्वरोजगार बनाइ समाजमा सम्मानपूर्वक बाच्न दिनुपर्ने बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
