उड्डयन प्राधिकरणले एटीसीको अनुमतिबिना उचाइ घटाइ नेपाल एयरलाइन्सको जहाजसँग जहाज ठोक्किन लागेको विषयमा एयर इन्डियालाई पत्राचार गरेको छ।
काठमाडौँ– एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियालाई पत्राचार गरेको छ।
गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इन्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो। सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किन पुगेको थियो। लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो।
सोही विषयमा छानबिन गरी कारबाही गरेको बेहोरा प्राधिकरणलाई पठाउने सन्देशसहित एयर इन्डियालाई पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। “एयर इन्डिया र नेपाल एयरलाइन्सबीच भएको उक्त घटनाको विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न र त्यसको जानकारी प्राधिकरणलाई गराउन भन्दै पत्राचार गरेका छौँ”, उनले भने।
उक्त घटनाका सम्बन्धमा छानबिन समिति गठन भएको र घटना भएको समयमा टावरमा रहेका एटीसीलाई ‘एक्टिभ पोजिसन’ मा रहेर काम गर्न रोक लगाइएको उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
