खुल्लामञ्च छिर्न खोजेका मिटरब्याज पीडित र काठमाडौँ महानगरका नगरप्रहरीबीच धकेलाधकेल भएको छ।
काठमाडौँ– महोत्तरीको बर्दिबासदेखि पैदल यात्रा गर्दै काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरू खुल्लामञ्च छिर्न खोज्दा तनावको स्थिति सिर्जना भएको छ।
मिटरब्याज पीडित खुल्लामञ्च छिर्न खोज्दा काठमाडौँ महानगरपालिकाको नगरप्रहरीले अवरोध गरेको थियो। सो क्रममा मिटरब्याज पीडित र काठमाडौँ महानगर प्रहरीबीच धकेलाधकेल भएको हो।
मिटरब्याज पीडितले अहिले खुलामञ्च अगाडि प्रदर्शन गरिरहेका छन्। काठमाडौँ महानगरले खुलामञ्चभित्र प्रवेश गर्न रोक लगाएको भन्दै उनीहरूले गेटमै बसेर नाराबाजी गरेका हुन्।
मिटरब्याज पीडितहरू ११ दिन पैदल हिँडेर काठमाडौँ आइपुगेका हुन्। बर्दिबासबाट चैत २ गते पैदल यात्रा थालेका थिए। यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै विभिन्न जिल्लाबाट भेला भएर मिटरब्याज पीडितहरू काठमाडौँ आएका हुन्।
उनीहरूले तमसुक व्यवस्था खारेज गर, मिटरब्याज खारेज गर्न, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर्न, झुटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्न माग राखेका छन्।








Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
