पाभार्डको गोलमा फ्रान्स विजयी

युरोकप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा फ्रान्सले घरेलु टोली आयरल्यान्डलाई १–० ले पराजित गरेको छ। 

काठमाडौँ– विश्वकप उपविजेता फ्रान्स लगातातार दोस्रो खेलमा विजयी भएको छ।

युरोकप छनोटअन्तर्गत सोमबारराति एभीभा स्टेडियममा फ्रान्सले घरेलु टोली आयरल्यान्डलाई १–० ले पराजित गरेको हो।

फ्रान्सको जितमा डिफेन्डर बेन्जामिन पाभार्डले गरेको गोल निर्णायक बन्यो। उनले ५०औँ मिनेटमा गोल गर्न सफल भएका थिए।

खेलको अन्त्यतिर फ्रान्समाथि दबाब बढाए पनि आयरल्यान्डले गोल गर्न सकेन। यस जितसँगै फ्रान्स समूह ‘बी’ मा दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ।

यसअघि फ्रान्सले नेदरल्यान्डसलाई ४–० ले हराएको थियो। पहिलो खेल खेलेको आयरल्यान्डले भने खाता खोल्न सकेन।