यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै विभिन्न जिल्लाबाट भेला भएर मिटरब्याज पीडितहरू काठमाडौँ आएका छन्।
काठमाडौँ– महोत्तरीबाट १२ दिन पैदलयात्रा गरेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितहरूले बिहानैबाट विरोध प्रदर्शन शुरू गरेका छन्।
पीडितहरूले मंगलबार बिहानदेखि काठमाडौँको टंगालमा विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरू खुलामञ्चबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा प्रदर्शन गरेका हुन्।
यसअघि काठमाडौँ महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएपछि पीडितले सडकमा नै सोमबारको रात बिताएका थिए।
यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै विभिन्न जिल्लाबाट भेला भएर मिटरब्याज पीडितहरू काठमाडौँ आएका हुन्।
उनीहरूले तमसुक व्यवस्था खारेज गर्न, मिटरब्याज खारेज गर्न, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर्न, झुटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्न माग राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
