आफू सरकारमा हुँदा मिटरब्याज पीडितको मागलाई प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न ठूलो समस्या नरहेको लामिछानले बताएका छन्।
काठमाडौँ– मिटरब्याजको समस्या तत्काल समाधान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारसँग माग गरेका छन्।
मंगलबार बिहान मिटरब्याज पीडितलाई प्रदर्शनस्थलमा भेट्दै उनले तत्काल मिटरब्याज पीडितको समस्या समाधान गर्नुपर्ने बताएका हुन्।
आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको उनको भनाइ छ।
“म गृहमन्त्री हुँदा तपाईँहरूको समस्यालाई पहिलो प्राथमिकतामा राखेको थिएँ। अहिलेको सरकारले पनि मिटब्याजको समस्या पहिलो प्राथमिकतामा राख्नुपर्छ,” उनले भने, “यो समस्या रातारात समाधान गर्नुपर्छ।”
यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै विभिन्न जिल्लाबाट भेला भएर मिटरब्याज पीडितहरू काठमाडौँ आएका हुन्।
उनीहरूले तमसुक व्यवस्था खारेज गर्न, मिटरब्याज खारेज गर्न, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर्न, झुटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्न माग राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
