सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसद्मा विधेयक दर्ता गर्नेसमेत तयारी गरेको छ।
काठमाडौँ– मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले वार्ता समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन भएको हो।
टोलीमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगाबहादुर दंगाल रहेका छन्।
समितिलाई मिटरब्याज पीडितसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराउने कार्यादेश दिइएको छ।
समितिले वार्ता गरेपछि आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैबीच सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसद्मा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ।
उक्त विधेयक सदनमा प्रस्तुत गर्नेबारे मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नेछ। आज नै प्रधानमन्त्री दाहालले समेत पीडितसँग भेट्ने सचिवालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
