उत्तर कोरियाली राष्ट्रपति किमले अमेरिका र दक्षिण कोरियाले निम्त्याएको तनाव रोक्न र मुलुकको सुरक्षाका लागि शक्तिशाली आणविक हतियार बनाउनुपर्नेमा जोड दिएका छन्।
उत्तर कोरियाली राष्ट्रपति किम जोन उनले वैज्ञानिकहरूलाई शक्तिशाली आणविक हतियार बनाउन निर्देशन दिएका छन्। अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी 'नेभी क्यारियर' मंगलबार दक्षिण कोरिया पुर्याउने तयारीका बीच उत्तर कोरियाली नेता किमले यस्तो निर्देशन दिएका हुन्।
जुनसुकै समय र जहाँ पनि आणविक हतियार प्रयोग गर्न उत्तर कोरिया तयार हुनुपर्नेमा किमले जोड दिएको त्यहाँको सरकारी मिडिया केसीएनएले जनाएको छ। आफ्नो सैन्य क्षमता बढाउन भन्दै अमेरिकाले दक्षिण कोरियासँग हवाई र सामुद्रिक संयुक्त सैन्य अभ्यासलाई बढाइरहेको छ। तर, यी दुई देशको संयुक्त सैन्य अभ्यास उत्तर कोरियाका लागि खतरा रहेको भन्दै किमले विरोध गर्दै आएका छन्। अमेरिका र दक्षिण कोरियाले मंगलबार संयुक्त रूपमा सामुद्रिक सैन्य अभ्यास गर्दै छन्। यसअघि पनि दुवै देशले संयुक्त रूपमा हवाई सैन्य अभ्यास गरेका थिए।
उत्तरको आणविक हतियार उत्पादन र क्षेप्यास्त्र परीक्षण अमेरिका र दक्षिण कोरियाले निम्त्याएको तनाव व्यवस्थापन र मुलुकको सुरक्षामा केन्द्रित रहेको राष्ट्रपति किमको भनाइ छ। यसैलाई बहाना बनाएर उत्तरले पछिल्ला दिनमा शृंखलाबद्ध रूपमा क्षेप्यास्त्र परीक्षण गर्दै आइरहेको बीबीसीले जनाएको छ।
उत्तर कोरियाले आफूलाई हतियार निर्माणमा शक्तिशाली बनाउँदै लगेको दृश्य हालै उत्तरले सार्वजनिक गरेका तस्वीरहरूमा देख्न सकिने, तर तिनीहरू वास्तविक हुन/होइन यकिन गर्न नसकिएको बीबीसीले उल्लेख गरेको छ। अमेरिका र दक्षिण कोरियाले पनि उत्तर कोरियाले आक्रमण गरे कसरी प्रतिकार गर्ने भनेर सैन्य अभ्यासलाई तीव्रता दिएको बताउँदै आएका छन्।
उत्तर कोरियाले विगतदेखि नै लामो र छोटो दूरीका क्षेप्यास्त्रहरू परीक्षण गर्दै आइरहेको छ। केही साता मात्रै प्योङयाङले अमेरिकाको जुनसुकै भूभागमा पुग्ने क्षमताको सबैभन्दा शक्तिशाली अन्तर्देशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ।
यस्तै, उसले पनडुब्बीमार्फत प्रहार गर्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको छ भने हालै किमले नयाँ पानीमुनिबाटै आक्रमण गर्न सक्ने ड्रोनसमेत सार्वजनिक गरेका छन्। जसले शत्रुहरूका लडाकु विमानस्थललाई शक्तिशाली सुनामीमार्फत ध्वस्त पार्न सक्ने उत्तरको दाबी छ।
उत्तरका यस्ता गतिविधिले आणविक आक्रमणको जोखिम बढाएको विज्ञहरूको भनाइ छ। रणनीतिक तथा अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका विश्लेषक एलेन किम भन्छन्, “उत्तरले पनडुब्बीबाट क्रुज क्षेप्यास्त्र वा जमिनबाटै यस्तो प्रहार गर्न सक्छ भन्ने कुरा हामीलाई पहिले थाहा थिएन। पछिल्लो समय उसका हतियारहरूलाई ट्र्याक र अवरोध गर्न कठिन हुन थालेको छ। यसले आणविक आक्रमणको जोखिम बढाएको छ।”
उनले अगाडि भने, “किम जोन उनलाई जहिले पनि एउटै डर छ, कि अमेरिकाले नै पहिले उसको देशमा आक्रमण गर्न सक्छ र उसका हतियारहरू ध्वस्त पार्न सक्छ। र, उसका हरेक क्षेप्यास्त्र परीक्षणले पनि यही सन्देश दिने गरेको छ। आफूमाथिको आक्रमणलाई कसरी प्रतिकार गर्ने र आक्रमण कसरी गर्ने भन्नेमै ऊ केन्द्रित छ। तर पानीमुनिका हतियारहरूलाई ध्वस्त पार्न निकै जटिल कुरा हो।” उत्तरले भविष्यमा पनि परीक्षणलाई निरन्तरता दिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
