एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्रालय र मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव तत्काल पेस गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको छ।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयमा छिटो पेस गर्न तीन सदस्यीय कार्य दललाई निर्देशन दिएको छ।
मंगलबार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव तत्काल पेस गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो।
कार्यदललाई पार्टीले पाउने मन्त्रालय र प्रस्तावित मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव छिटो पार्टी केन्द्रीय सचिवालयमा पेस गर्न निर्देशन गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। सो प्रस्तावमाथि छलफल गरेर मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरूबारे टुंगोमा पुग्ने सकिने उनको भनाइ थियो।
“मन्त्रालयको टुंगो नलागीकन मन्त्रीहरूको टुंगो लगाउन गाह्रो हुने भएकाले यी दुवैको गृहकार्य गरी चाँडोभन्दा चाँडो सचिवालयको बैठकमा पेस गर्न ३ सदस्यीय कार्यदललाई निर्देशन दिएका छौँ। कार्यदलले चाँडोभन्दा चाँडो मन्त्रालय र प्रस्तावित मन्त्रीहरूको नामसहित उसले पेस गर्न सक्छ,” उनले भने।
त्यसैगरी, बैठकले मिटरब्याज पीडितको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेको छ। मिटर ब्याज लगाउनेलाई कारबाही गर्न पनि सरकारलाई सचेत गराइएको प्रवक्ता खतिवडाले बताए। “मिटरब्याज लगाउनेलाई, कानुनी रूपले दोषीलाई कारबाही गर्नका लागि हामीले माग गरेका छौँ” उनले भने।
बैठकले पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चूडामणि जंगलीले पदबाट दिएको राजीनामा स्वीकृत गरिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
