मंगलबार २५८ वटा कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर ३५ हजार ९२६ पटक खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ बराबरको कारोबार भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अंकको सुधार देखिएको छ। मंगलबार परिसूचक १२.४१ अंकले बढेर १९१८.४१ विन्दुमा कायम भएको हो।
नेप्सेका अनुसार मंगलबार २५८ वटा कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर ३५ हजार ९२६ पटक खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ बराबरको कारोबार भएको छ।
मंगलबार विकास बैंक, वित्त र निर्जीवन बिमा समूहको उपसूचक क्रमशः ११.१४, ५.४६ र १०.३७ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक ११५.९१ र उत्पादन समूहको उपसूचक ८१.१८ अंकले बढेको छ।
त्यसैगरी, बैंकिङ समूह ३.७६, होटल तथा पर्यटन समूह १३.७६, जलविद्युत् समूह ६.३१ र लगानी समूह ०.६२ अंकले बढेको छ। जीवन बिमा समूह २९.५८, म्युचुअल फन्ड समूह ०.३३, व्यापार समूह २२.८३ र अन्य समूह ७.६२ अंकले बढेको छ।
सुपर माई हाइड्रोपावर लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गिरावट देखिनेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्य ३.१७ प्रतिशतले घटेको छ।
कारोबार रकम र सेयर संख्याका आधारमा सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्स लिमिटेडको ६ करोड १५ लाख १३ हजार बराबरको एक लाख ५८ हजार १३३ कित्ता सेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
