वैदेशिक रोजगारीमा गएका नेपालीका लागि टेलिमेडिसिन सेवा सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा उपलब्ध हुनेछ।
काठमाडौँ– वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले बुधबारदेखि निःशुल्क टेलिमेडिसिन सेवा पाउने भएका छन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श दिन यो सेवा शुरू गर्न लागिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। बुधबार बिहान १० बजेदेखि शुरू हुने टेलिमेडिसिन सेवा सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा उपलब्ध हुनेछ।
विदेशमा रहेका श्रमिकले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे मेडिकल अधिकृतमार्फत जानकारी पाउने छन्। मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हृवाट्सएप र इमेल वा सामाजिक सञ्जालबाट फोन गरी टेलिमेडिसिन सेवा लिन सकिने वैदेशिक रोजगार बोर्डका सूचना अधिकृत राजन पौडेलले जानकारी दिए।
बिरामी परेका श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा आइतबार र शुक्रबार सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ। सेवा प्रवाहका लागि बोर्डले वीर अस्पतालसँग सम्झौता गरेको छ। सेवा लिने श्रमिकका लागि ‘प्रेस्क्रिप्सन’ अनलाइनमार्फत उपलब्ध गराइनेछ। यसको सम्पूर्ण खर्च बोर्डले बेहोर्ने भएकोले यो सेवा निःशुल्क रहने बोर्डले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
