कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको तर मन्त्रालय भागबन्डाको विषयले प्रवेश नपाएको बताएका छन्।
काठमाडौँ– सत्ता समर्थित १० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ। मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक बिना निष्कर्ष नै सकिएको हो।
मन्त्रिपरिषद् बिस्तारको निर्णय गर्न बसेको बैठकमा दलहरूले आफ्नो आफ्नो दाबी नछोड्दा बिना निष्कर्ष सकियो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधबार पुनः बसेर निष्कर्ष निकाल्ने बताए।
उनले मंगलबारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताए। "सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भयो। भोलि फेरि बस्ने भन्नेछ। सरकार चाँडोभन्दा चाँडो सरकार बिस्तार गर्ने कुरा भयो," उनले भने।
प्रमुख सचेतक लेखकले बैठकमा मन्त्रालय भागबन्डाको विषयले प्रवेश नपाएको बताए। मन्त्रालय भागबन्डाबारे केही समस्या नरहेको उनको भनाइ छ। "मन्त्रालय नमिल्ने भन्ने समस्या छैन। गठबन्धनलाई निरन्तरता दिने कुरा भएको छ। मन्त्रालयका बारेमा कुनै विवाद छैन," उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
