म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले प्रजातन्त्रवादी नेतृ आङ सान सुची नेतृत्वको दल एनएलडीको दर्ता खारेजको घोषणा गरेको छ।
म्यानमारको सेना नियन्त्रित निर्वाचन आयोगले प्रजातन्त्रवादी नेतृ आङ सान सुची नेतृत्वको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)को दर्ता खारेज गरिदिएको छ। म्यानमारको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै अल जजिराले जनाएअनुसार निर्वाचन आयोगले नयाँ निर्वाचन कानूनबमोजिम निर्वाचनका लागि पुनः दर्ता गर्न नमिल्ने गरी एनएलडी पार्टीको दर्ता खारेज गरेको घोषणा गरेको हो।
४० राजनीतिक दलहरूमध्ये नोबेल पुरस्कार विजेता सुचीको नेतृत्वको एनएलडीको दर्ता खारेज गरिएको हो। सत्तारूढ सेनाले निर्वाचनका लागि दिएको समय सीमाभित्र पार्टीले दर्ता प्रक्रिया पूरा नगरेको सरकारी टेलिभिजनले जनाएको छ।
म्यावाड्डी टिभीले रात्रिकालीन बुलेटिनमा निर्वाचनका लागि पार्टी दर्ता गर्न अस्वीकार गरेसँगै एनएलडी स्वतः खारेज भएको उल्लेख गरेको अल जजिराले जनाएको छ। एनएलडीले भने सेनाले गराउन लागेको अवैध निर्वाचन नलड्ने बताएको छ।
सन् २०२० मा एनएलडीले देशको संसदीय निर्वाचनमा फराकिलो जित हासिल गरेको थियो। तर, तीन महिनाभन्दा कम समयमै सेनाले सत्ता कब्जामा लिँदै सुचीलाई हिरासतमा लियो।
सुचीको निर्वाचित सरकारलाई हत्याएर म्यानमार सेनाले नाटकीय रूपमा सत्ता हातमा लिएलगत्तै सैन्य 'कू' गरेको थियो। तर, त्यसको विरोधमा म्यानमारमा बृहत् जनआन्दोलन चर्किएको थियो।
७७ वर्षीया सुचीमाथि सेनाले लगाएका शृंखलाबद्ध अभियोगमा अदालतले दोषी ठहर गर्दै ३३ वर्ष जेल सजाय सुनाएको छ। सुचीलाई सक्रिय राजनीतिमा सहभागी हुन नदिन विभिन्न अभियोग लगाइएको उनका समर्थकहरूको आरोप छ।
निर्वाचनका लागि मिति तय गर्न भन्दै सेनाले गत फेब्रुअरीमा आपत्काललाई ६ महिना लम्बाउने घोषणा गरेको थियो। सेनाप्रमुख मिन ओङ ह्लाइङले निर्वाचित भएर आउने पक्षलाई सत्ता हस्तान्तरण गर्ने दाबी गरेका छन्। तर म्यानमारमा जारी द्वन्द्वका कारण कहिले निर्वाचन हुन्छ भन्ने यकिन छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
