गलत लिखत तयार गरी श्रीमतीलाई राहत शिक्षक कोटामा नियुक्ति गरेको अभियोग लागेका पूर्वप्रधानाध्यापक रमेश तिवारीलाई विशेष अदालतले मंगलबार सफाइ दिएको छ।
काठमाडौँ– गलत लिखत तयार गरी श्रीमतीलाई राहत शिक्षक कोटामा नियुक्ति गरेको अभियोग लागेका पूर्वप्रधानाध्यापक रमेश तिवारी र पत्नी ललितालाई विशेष अदालतले मंगलबार सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य शालिग्राम कोइरालाले दुवैलाई सफाइ दिएको हो।
श्री निम्न माध्यमिक विद्यालय मोतीयाही, रौतहटका तत्कालीन प्रधानाध्यापक रमेश तिवारीले आफू कृषक समूह प्रावि जुडीवेलामा कार्यरत रहँदा किर्ते सहीछाप गरी आफ्नी पत्नी ललिता तिवारीलाई राहत शिक्षकमा नियुक्ति गरेको अख्तियारमा उजुरी परेको थियो।
उजुरी सम्बन्धमा अनुसन्धान हुँदा तिवारी उक्त विद्यालयमा कार्यरत रहँदा किर्ते दस्तखत गरी शिक्षक पदपूर्तिको सूचना प्रकाशन गर्नेदेखि नियुक्तिसम्मका विभिन्न निर्णय गरेको देखिएको भन्दै २०७५ चैत ४ गते अख्तियारले दुवै जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो। प्रधानाध्यापक तिवारीमाथि अख्तियारले गलत कागजात तयार पारी तत्कालीन जिल्ला शिक्षा कार्यालय, रौतहटलाई पत्राचार गरी आफ्नी श्रीमतीलाई गैरकानूनी रूपमा प्रावि स्तरको राहत अनुदान कोटाको शिक्षक पदमा नियुक्ति गरेको अभियोग लगाएको थियो।
त्यस्तै, विद्यालयमा हाजिरै नभई लिएको बिगो दाबी गर्दै अख्तियारले ललिताविरुद्ध पनि विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो। २०६३ असार १२ देखि २०६६ भदौ १२ गतेसम्म कृषक समूह प्रावि जुडीवेलामा हाजिर नभए पनि उनको नाममा २ लाख ५६ हजार ९९० रुपैयाँ निकासा भएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको थियो। हिनामिना र हानि नोक्सानी गरेको उक्त रकमको बिगो असुलउपर गर्न अख्तियारले आरोपपत्रमा मागदाबी गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
