शक्तिशाली हतियार र आणविक क्षमता बढाउन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टोपोल प्रणालीलाई प्रतिस्थापन गरि यार्स क्षेप्यास्त्र प्रणाली बिस्तार गर्ने लक्ष्य लिएका छन्।
रुसले यार्स अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रणालीको अभ्यास शुरू गरेको छ। आणविक शक्ति प्रदर्शनको प्रयासका लागि मस्कोले अभ्यासमा हजाराैँ सैनिक खटाउने जनाएको छ।
रुसी रक्षा मन्त्रालयले बुधबार टेलिग्राम जानकारी दिँदै भनेको छ, “अभ्यासका क्रममा समग्रमा तीन हजारभन्दा बढी सैनिक र ३०० वटा उपकरण प्रयोग हुने छन्।”
रुसी रक्षा मन्त्रालयका अनुसार अभ्यासका क्रममा यार्स मोबाइल प्रणालीले रेडारमा नदेखिई रुसका छुट्टाछुट्टै तीन स्थानमा निशाना लगाउने छ।
यो सैन्य अभ्यास साइबेरिया क्षेत्रमा गरिने त्यहाँको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अल जजिराले उल्लेख गरेको छ।
यार्स मोबाइल (आईसीबीएम) का केही रणनीतिक र सामरिक विशेषताहरू छन्। यो प्रणाली १२ हजार किलोमिटरको परिधिमा सञ्चालन हुन सक्छ भने एकैपटक धेरै वटा आणविक आक्रमण गर्ने क्षमता छ। यार्स क्षेप्यास्त्र प्रणालीको वजन ४९ हजार किलोग्राम र लम्बाइ २०.९ मिटर रहेको बताइएको छ।
साथै, यसको निशाना मापन २५० मिटर सर्कुलर एरर अफ प्रोब्याबिलिटी (सीइपी) रहेको बताइएको छ।
गत वर्ष फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्नुपूर्व पनि रुसले आफ्नो देशमा र अन्य देशसँग (चीन र दक्षिण अफ्रिका) गरी थुप्रै पटक सैन्य अभ्यास गरेको थियो। साथै, रुस र युक्रेनी सीमा क्षेत्रमा श्रृंखलाबद्ध अभ्यासहरू गरी बेलारूससँगको सैन्य अभ्यास पनि बढाएको थियो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शक्तिशाली हतियारहरू निर्माण र जमिनबाट जमिनमा प्रहार गर्ने आणविक क्षमता बढाउनका लागि टोपोल प्रणालीलाई प्रतिस्थापन गरी यार्स क्षेप्यास्त्र प्रणाली बिस्तार गर्ने लक्ष्य लिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
