जसपा नेता राजेन्द्र श्रेष्ठले सत्तारूढ गठबन्धनको बैठकले मन्त्रालय भागबन्डामा सहमति जुटाएको बताएका छन्।
काठमाडौँ– सत्तारूढ गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो।
बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता राजेन्द्र श्रेष्ठले मन्त्रालय भागबन्डामा सहमति जुटेको बताए। उनका अनुसार नेपाली कांग्रेसको भागमा आठ, नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच, जसपा र एकीकृत समाजवादीले दुई/दुई मन्त्रालय पाउने सहमति भएको छ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल समाजवादी पार्टी (नेसपा), नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीले एक/एक मन्त्रालयले पाउने छन्। जनमत पार्टीलाई पनि एउटा मन्त्रालय दिने सहमति भएको छ। कुन दलले कुन मन्त्रालय पाउने भन्ने निश्चित नभएको नेता श्रेष्ठले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा सहभागी गराउनेबारे निर्णय नभएको उनको भनाइ छ। उनले बिहीबार नै मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरूलाई शपथ खुवाउने तयारी भइरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
