मोफसलमा सर्वाधिक धनराशि पुरस्कार रहेको खप्तड गोल्डकपको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछन्।
सुदूरपश्चिम– मनाङ मर्स्याङ्दी क्लब धनगढीमा जारी खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
बुधबार साँझ भएको सेमिफाइनलमा मनाङले क्यामरुनको एभिनियर फुटबल क्लबलाई ६–० गोलले पराजित गरेको गरेको छ।
नौ जना खेलाडी समावेश गरेर मैदान उत्रिएको क्यामरुन दुई खेलाडीले रेड कार्ड पाएपछि सात खेलाडीमा सीमित हुन पुगेको थियो। आवश्यक कागजात जुटाउन नसकेपछि क्यामरुनले सबै खेलाडीलाई खेलाउन पाएन।
मनाङको जितमा सायीजमलले ह्याट्रिक गरे। खेलको १२औँ मिनेटमा जीवन गुरुङको गोलबाट मनाङले अग्रता लिएको थियो। पहिलो हाफमा १–० ले पछि परेको क्यामरुनले दोस्रो हाफमा थप पाँच गोल खान पुग्यो।
मनाङका प्रसन्न श्रेष्ठले ५४औँ तथा ५९औँ, ६७औँ र ७७औँ मिनेटमा सायीजमलले लगातार गोल गर्दै ह्याट्रिक पूरा गरे। ८१औँ मिनेटमा अनिल गुरुङले छौटौँ गोल गरे।
खप्तड गोल्डकप मोफसलमा सर्वाधिक धनराशि पुरस्कारको प्रतियोगिता हो। विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछन्। य
स्तै उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
