ताइवानकी राष्ट्रपति साई इङ वेन अमेरिका भ्रमणमा निस्किनुअघि चीनले अमेरिकी सभामुखलाई नभेट्न र अमेरिका नजान खुला चेतावनी दिएको थियो।
ताइवानकी राष्ट्रपति साई इङ वेन अमेरिकाको न्युयोर्क पुगेकी छिन्। मध्यअमेरिकी मुलुकहरूको १० दिने भ्रमणमा निस्किएकी साई बुधबार न्युयोर्क पुगेकी हुन्।
साई भ्रमणमा निस्किनुअघि चीनले अमेरिकी सभामुखलाई नभेट्न र अमेरिका नजान खुला चेतावनी दिएको थियो। त्यसो गरे परिणाम नराम्रो हुने चीनको भनाइ छ। यता, अमेरिकाले साईको भ्रमणप्रति चीनले यसरी प्रतिक्रिया जनाउन आवश्यक नभएको बताएको छ।
साईलाई बुधबार न्युयोर्कमा थुप्रै ताइवानी समर्थकले स्वागत गरेका थिए। मध्यअमेरिकी देशहरू ग्वाटेमाला र बेलिजको भ्रमण सकेर फर्कने बेला साईले अमेरिकाको लस एन्जलसमा अमेरिकी सभामुख केभिन म्याकर्थी र अन्य अमेरिकी नेताहरुलाई भेट्नसक्ने अमेरिकी मिडियाले जनाएका छन्।
साई अमेरिका पुगेलगत्तै प्रतिक्रिया दिँदै वासिंटनका लागि चिनियाँ उच्च प्रतिनिधि सु सुएयुवानले ताइवानको स्वतन्त्रताको वकालत गर्ने नाममा उनीहरूले आफ्नो देशलाई फाइदा हुने काम गरेको आरोप लगाएका छन्।
“ताइवानी नेताको अमेरिका भ्रमण र अमेरिकी नेताको ताइवान भ्रमण जेसुकै होस् यसले चीन अमेरिकी सम्बन्धमा थप गम्भीर टकराव ल्याउनेछ। साईलाई भ्रमण गर्न दिएर अमेरिकाले चीनको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई गम्भीर आघात पुर्याएको छ,” चीनले भनेको छ, “ताइवानको सम्बन्धमा आगोसँग खेल्ने काम बारम्बार नदोहोर्याउन अमेरिकालाई आग्रह गर्छौँ।”
चीनले ताइवानलाई आफ्नो देशको भूभाग दाबी गर्दै आएको छ भने कुनै दिन चीनमा गाभेर छाड्ने प्रतिबद्धता जनाएको छ। आफूलाई एक स्वतन्त्र राष्ट्रका रूपमा चिनाउने ताइवान भने चीनको हस्तक्षेप बन्द हुनुपर्ने र देशको सार्वभौमिकता जोगाउन लागि लड्न तयार रहेको बताउँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
