बैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
काठमाडौँ– नेपाली कांग्रेसले बैशाख १० मा हुने उपनिर्वाचनमा चितवन क्षेत्र–२ बाट जीतनारायण श्रेष्ठ र तनहुँ– १ बाट गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठ र भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको सह–महामन्त्री बद्री पाण्डेले जानकारी दिए।
बारा–२ मा भने उम्मेदवारको टुंगो लागेको छैन। श्रेष्ठ चितवन निवर्तमान जिल्ला सभापति हुन भने भट्टराई पार्टीको केन्द्रीय सदस्य हुन्।
चितवन–२ बाट निर्वाचित रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो।
उता तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो।
उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
