अमेरिकाको केन्टकीको फोर्ट क्याम्पबेल सैन्य शिविरनजिक दुई वटा हेलिकप्टर दुर्घटनामा परेका छन्।
अमेरिकाको केन्टकी राज्यमा दुई वटा सैन्य हेलिकप्टर दुर्घटनामा परेका छन्। अमेरिकी १०१ औँ एयरबोर्न डिभिजन अन्तर्गतका 'एचएच–६० ब्ल्याकहक' हेलिकप्टर दुर्घटनामा परेको अमेरिकी सेनाले जनाएको छ।
केन्टकीको फोर्ट क्याम्पबेल सैन्य शिविरनजिकको ट्रिग काउन्टी क्षेत्रमा स्थानीय समयानुसार बुधबार राति करिब १० बजे हेलिकप्टर दुर्घटनामा परेका हुन्।
दुर्घटनामा नौ जनाको मृत्यु भएको हुन सक्ने स्थानीय मिडियाले जनाएका छन्। केन्टकीका गभर्नर एन्डी बेशहिरले पनि दुर्घटनामा केहीको मृत्यु भएको संकेत गरे। दुर्घटनाबाट प्रभावित सबैका लागि प्रार्थना गर्न पनि उनले आग्रह गरेका छन्।
अमेरिकी सेनाका प्रवक्ताले विज्ञप्ति जारी गर्दै 'एचएच–६० ब्ल्याकहक हेलिकप्टर दैनिक परीक्षण मिसनमा रहेका बेला दुर्घटनामा परेको' बताएका छन्।
चालक दलका सदस्यहरूको अवस्थाबारे यकिन नभएको र तत्काल सैनिक र उनीहरूका परिवारको हेरचाहलाई प्राथमिकतामा राखिएको बताइएको छ। साथै, हाल घटनाको अनुसन्धान भइरहेको र थप सूचना दिइने बताएको छ।
दुई हेलिकप्टर आपसमा ठोक्किएको विषय यकिन नभएको अमेरिकी सेनाको भनाइ छ। १०१ औँ एयरबोर्न डिभिजन अमेरिकाको एक मात्र यस्तै हवाई आक्रमण विभाग हो जहाँबाट अमेरिकाले युद्धग्रस्त अन्तर्राष्ट्रिय क्षेत्रमा हेलिकप्टर पठाउँदै आएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
