उपाधिसँगै विराटनगरले २० लाख १५ हजार र उपविजेता केरलाले १० लाख १५ हजार रुपैयाँ प्राप्त गरे।
काठमाडौँ– सातौँ संस्करणको विराट गोल्डकपको उपाधि आयोजक विराटनगरले जितेको छ।
बिहीबार राति विराटनगरस्थित सहिद रंगशालामा पाहुना टोली भारतको लुका सकर क्लब केरलालाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।
विराटनगरको जितमा अफिज ओरवा, विमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए। खेलको सातौँ मिनेटमा विराटनगरका अफिज ओलावालेले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
विमलले निकालेको लामो पासलाई अफिजले गोलमा परिणत गरेका थिए। ७८औँ मिनेटमा विमलले पेनाल्टी एरियाबाट गोल गर्दै अग्रता दोब्बर बनाए। सुजिकीले निकालेको क्रस पासलाई विमलले गोलमा परिणत गरेका थिए।
८९औँ मिनेटमा मेसुकेले गोल गरे। विमलले निकालेको पासलाई मेसुकेले गोल गरेका हुन्। इन्जुरी समयमा अभिषेकले गोल गर्दै फराकिलो जित पक्का गरे।
उपाधिसँगै विराटनगरले २० लाख १५ हजार र उपविजेता केरलाले १० लाख १५ हजार रुपैयाँ प्राप्त गरे। खेलको म्यान अफ द म्याच विराटनगरका सुरज विके घोषित भए। उनले नगद ११ हजार पाए।
विधागत पुरस्कारमा पनि विराटनगरको वर्चस्व कायम रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
