शुक्रबार कैलालीमा आयोजित कार्यक्रममा उपाध्यक्ष पौडेलले वर्तमान संसद्ले पाँच वर्ष पूरा गर्ने लक्षण नरहेको बताएका छन्।
कैलाली– एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउने दाबी गरेका छन्।
शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले गठबन्धनन भत्काउने खेलमा नलागेको बताएका हुन्। “हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने काममा लागेका छैनौँ। एमाले लाग्यो भने त्यो केही दिनको विषय हो,” उनले भने।
उपाध्यक्ष पौडेलले पार्टीका नेता भीम रावलले एक पछि अर्को गल्ती गरिरहेको बताए। रावलले पार्टीको अनुशासनमा नबसेको र पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको उनको आरोप छ।
“हाम्रो भीम रावलजीले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन। निर्णय मान्नुभएको छैन। पार्टीको अनुशासन उल्लंघन गर्नुभएको छ,” उपाध्यक्ष पौडेलले भने, “उहाँबाट पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्। एकपछि अर्को गल्ती गरिरहनुभएको छ।”
आउने निर्वाचनछि एमालेले एकल सरकार निर्माण गर्ने तथा वर्तमान संसद्ले पाँच वर्ष पूरा गर्ने लक्षण नरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
