तीन टोलीको अनुपस्थितिसँगै समूह ‘सी’को ढाँचा पनि परिवर्तन भएको छ। शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।
काठमाडौँ– सन् २०२४ मा आयोजना हुने पेरिस ओलम्पिक एशियाली छनोटअन्तर्गत पहिलो चरणका खेलका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ।
टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले शुक्रबार २२ सदस्यीय टोली घोषणा गरेका हुन्। नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत २२ र २५ गते भियतनामसँग दुई खेल खेल्नेछ। दुवै खेल साँझ ६ बजे शुरू हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
समूह ‘सी’मा अफगानिस्तान, नेपाल, श्रीलंका, प्यालेस्टाइन र भियतनाम थिए। छनोट खेल प्यालेस्टाइनमा खेल्ने तय भएको थियो। तर, प्यालेस्टाइनले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि छनोट खेल काठमाडौँमा आयोजना हुने तय भएको थियो। श्रीलंकाले आर्थिक समस्या देखाएर नाम फिर्ता लिएको थियो। अफगानिस्तानले भने के कारण नाम फिर्ता लिएको हो त्यो खुलाएको छैन।
तीन टोलीको अनुपस्थितिसँगै समूह ‘सी’को ढाँचा पनि परिवर्तन भएको छ। शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।
सात समूहका शीर्ष टोलीहरू दोस्रो चरणमा पुग्नेछन्। उनीहरूले सिधै छनोट भएका जापान, अस्ट्रेलिया, चीन, उत्तर कोरिया र दक्षिण कोरियासँग खेल्नेछन्।
समूह विजेता तीन टोलीसँगै उपविजेता मध्येका उत्कृष्ट एक गरी चार टोलीले तेस्रो चरणमा स्थान बनाउने छन्। तेस्रो चरणका उत्कृष्ट दुई टोली पेरिस ओलम्पिकमा छनोट हुनेछन्।
भियतनाम फुटबल महासंघले ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ। भियतनामको टोली चैत २० गते नेपाल आइपुग्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी गराए।
नेपाली टिम
गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर : समीक्षा घिमिरे, हिराकुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना, सिर्जना चेम्जोङ
मिडफिल्डर : रेणुका नगरकोटी, विमला चौधरी, सरु लिम्बू, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अनिता केसी
फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, निर्मला विक
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
