नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन्।
काठमाडौँ– नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन्।
शुक्रबार गृह मन्त्रालयमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रूपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन्। उनले आफूले गरेको सो निर्णय पारित गर्नका लागि मन्त्रिपरिषद्मा लाने बताए।
"अहिलेसम्म मन्त्री, सचिवले सुराकीको नाममा खर्च गर्ने जो प्रणाली थियो, नियमावली थियो हाललाई त्यो खारेज गरिएको छ। र त्यसलाई मन्त्रिपरिषद्मा निर्णयका लागि प्रस्तुत गर्ने मैले प्रस्तावमा सही गरेँ," उनले भने, "त्यो मन्त्रिपरिषद् जान्छ।"
उनले मिटरब्याजी पीडितको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने फाइलमा पनि हस्ताक्षर गरेका छन्। उनले सो फाइल निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिए। "त्यसले सम्पूर्ण अनुशासन गरेर यो प्रक्रियालाई निरूपण गर्न र न्याय दिन प्रभावकारी कदम चाल्नेछ," उनले भने।
उनले मातहतका कर्मचारीलाई समयको पालना गर्न निर्देशन दिए। समय पालनाको अवज्ञालाई छुट नदिने उनको भनाइ छ। मन्त्री श्रेष्ठले आफूलाई कुनै पनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
