प्रधानमन्त्रीले भेट्न बोलाएपछि मिटरब्याज पीडित बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पीडितहरू शनिबार बिहान बालुवाटार पुगेका छन्।

काठमाडौँ– महोत्तरीबाट पैदलै काठमाडौँ आएका मिटरब्याज पीडितहरू बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट्न बोलाएपछि पीडितहरू शनिबार बिहान बालुवाटार पुगेका हुन्। अहिले पीडित र प्रधानमन्त्री दाहालबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

सरकारले न्यायका लागि काठमाडौँ आएका पीडितसँग वार्ता गर्न समिति बनाएको छ। प्रधानमन्त्रीसँगको भेटपछि समितिले पीडितसँग वार्ता गर्ने बताइएको छ। सिमितिले यसअघि पनि वार्ता गरेको थियो।