सर्लाहीको बागमती नगरपालिका–४ र १२ स्थित भरत तालमा नेपाल र भारतबाट दैनिक २०० हाराहारी पर्यटक आउने गरेका छन्। ताल निर्माणकै चरणमा रहे पनि पर्यटकका लागि ३१ वटा साना र एउटा ठूलो डुंगा सञ्चालनमा ल्याइएको छ
सर्लाही– बागमती नगरपालिका–४ र १२ स्थित बागमती माछा पोखरी (भरत ताल)मा आन्तरीक पर्यटकको घुँइचो लागेको छ।
खेर गएको बागतमी नदीको उकास जमिनलाई आन्तरिक आयसग जोडेर २०७५ सालबाट निर्माण शुरू भएको सो तालमा आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको तालका व्यवस्थापक सन्तोष गदालले बताए। हालसम्म डीपीआरको २५ प्रतिशत काम सकिएको छ। ताल बनाउन ७५ करोड रुपैयाँ खर्च भइसकेको छ।
ताल निर्माणकै चरणमा रहे पनि ३१ वटा साना र एउटा ठूलो डुंगा सञ्चालनमा रहेको बागमती नगरपालिका–१२ का वडाध्यक्ष ओमबहादुर श्रेष्ठले जानकारी दिए। १०१ बिघामा पानी र २० बिघामा रोड, नेपालको चित्र, बगैँचाका साथै रिसोर्ट गरी १२१ बिघामा फैलिएको ताल निर्माणकै क्रममा आन्तरिक पर्यटकले अवलोकन गर्ने क्रम बढेको छ।
नगरको विकासको गौरवको रुपमा निर्माण शुरू भएको तालबाट निस्केको पदार्थ ताल वरिपरि सडक, बगैँचा बनाउन र नगरभित्रका सार्वजनिक तथा सामाजिक काममा खर्च गरिएको–४ का वडाध्यक्ष कृष्णकुमार लामाले बताए। नगरपालिकाको आन्तरिक आयस्रोत र स्थानीयलाई रोजगारी सिर्जना गर्ने योजनाले ताल निर्माणको काम भएको हो।
“तालमा पानी भरेलगत्तै दैनिक ५०० आन्तरिक पर्यटक आउने अपेक्षा गरिएको भए पनि निर्माणाधीन अवस्थामै पनि आकर्षण धेरै बढ्यो। सोचेभन्दा धेरै पर्यटक आउन थाल्नुभयो,” वडाध्यक्ष लामाले भने। नगरपालिका प्रमुख भरतकुमार थापाका अनुसार एक हजार ४०० मिटर लम्बाइको तालको ७०० मिटरमा पानी जम्मा भएको छ। बाँकी पानी जमाउने योजना छ।
तालमा अहिले करिब १८ लाख घनमिटर पानी छ। सोली आकारमा बनाइएको तालको बीच भाग ७० फिट गहिरो छ। वरपर बाटोसहित १२१ बिघामा ताल हुने नगर उपप्रमुख लिलाकुमारी मोक्तानले बताइन्। ताल वरपर मिनी क्यासिनोसहितको होटल, बगैँचा, पिकनिक र छायांकनस्थल तथा सुमेरी पर्वत बनाउने योजना रहेको उनले सुनाए।
तालको वरपर धार्मिक तथा पर्यटकीयस्थलहरू बनाउने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले बताए। पर्यटकलाई कम्तीमा दुई दिन अड्याउने गरी ताल वरपर पूर्वाधार बनाइने छ। नजिकै जंगल सफारीसहितको चिडियाखानाको डीपीआर, महादेव र पार्वतीको मूर्तिसहित धाम निर्माणको योजना छ। “पशुपतिबाट बगेर आएको पानी भएकाले बागमती नदीलाई महत्वका रूपमा हिन्दूले लिन्छन्,” नगरप्रमुख थापाले भने, “पशुपति पुग्न नसक्नेलाई यहीँ आउँदा पुगेको महसुस हुने गरी पूर्वाधार विकास गर्दैछौँ।”
तालले संस्कृति जगेर्ना, पर्यटन प्रवद्र्धन र सिँचाइमा सघाउ पुग्नेछ। पानीमा हुने डल्फिलनसहितका जीव राख्ने योजना छ। पार्किङस्थल, पिकनिकका सामग्री र डिजेसहित संगीतको व्यवस्था गरिनेछ। भारतबाट ४२ किलोमिटर र पूर्वपश्चिम राजमार्गबाट दुई किलोमिटरभित्र पर्ने यो ठाउँ प्रयोगविहीन थियो। यहाँ २०२८ सालसम्म बागमती बग्थ्यो। पछि बगर बन्यो। दायाँबायाँको जग्गा २०६२/०६३ ताका अतिक्रमण भयो।
त्यहाँका सुकुमबासी र भूमिहीनको पहिचान गरेर सात हजार ३०० घरधुरी सुकुमबासी र भूमिहीनको व्यवस्थापन गरियो। उनीहरूलाई प्रतिव्यक्ति तीनदेखि पाँच कट्ठासम्म जग्गा वितरण गरियो। जग्गा भएकालाई फिर्ता पठाएर २५० बिघा जमिन नगरपालिकाको स्वामित्वमा राखियो। त्यही जमिनको सदुपयोग गर्नेक्रममा ताल बनेको थापाको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
