मिटरब्याज पीडितको समस्या अहिले पनि समाधान नभए कहिल्यै नहुने प्रधानमन्त्री दाहालले बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने बताएका छन्।
शनिबार बालुवाटारमा मिटरब्याज पीडितसँगको छलफलका क्रममा प्रधानमन्त्री दाहालले यस्तो आश्वासन दिएका हुन्। मिटरब्याज पीडितका समस्या दीर्घकालीन समाधानका लागि ऐन नै नरहेको उनको भनाइ थियो।
“सरकारले ऐन निर्माणको काम थालिसकेको छ। मिटरब्याजीमाथि ऐनद्वारा नै मुद्दा चलाउन र कारबाही गर्न सक्नेगरी ऐन बन्छ,” प्रधानमन्त्री दाहालले भने, “तत्काल फिल्डमा गएर कारबाही गर्न सक्ने, न्यायिक अधिकारसमेत प्रयोग गर्न सक्ने उच्चस्तरीय आयोग बनाउने निर्णय मन्त्रीपरिषद्ले गरिसकेको छ।”
मिटरब्याजको समस्या अहिले समाधान भएन भने कहिल्यै पनि नहुने उनको भनाइ थियो। प्रधानमन्त्री दाहालले पीडितका सबै माग पूरा गर्ने तयारीमा आफू रहेको बताए। प्रधानमन्त्रीलाई आफ्ना माग सुनाउने क्रममा पीडितहरू पटक–पटक भक्कानिएका थिए। उनीहरूले आफ्ना सबै माग सम्बोधन भएपछि मात्रै काठमाडौँ छाड्ने अडान लिएका छन्।
अब गृह मन्त्रालयको टोलीसँग यसबारे सम्झौता गरेर मात्रै घर फर्किन प्रधानमन्त्रीले आग्रह गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
