डा. स्वर्णिम वाग्लेले नेपालमा छिटोभन्दा छिटो डेलिभरी दिने किसिमले राजनीतिक परिवर्तन गर्नुपर्ने बताएका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ १ मा उम्मेदवार रहेका डा. स्वर्णिम वाग्लेले समय तोकेर राजनीतिलाई कोल्टे फराउनेतर्फ लाग्नुपर्ने बताएका छन्। शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाललाई बनाउन ढिलो भइसकेको भन्दै अब समयसीमा तोकेर डेलिभरी दिनका लागि राजनीतिलाई कोल्टे फेराउनतर्फ लाग्नुपर्ने बताएका हुन्।
रामचन्द्र पौडेल राष्ट्रपति नियुक्त भएपछि रिक्त रहेको तनहुँ–१ मा डा. वाग्लेले उम्मेदवारी दिन लागेका हुन्। उनलाई रास्वपाले तनहुँ– १ मा उम्मेदवार बनाउने निर्णय गरेको हो। उनले तनहुँमा उम्मेदवारी दिनका लागि नेपाली कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरेका हुन्।
उनले नेपालको राजनीति व्यवस्था परिवर्तनमा मात्रै केन्द्रित रहेर ५०/६० वर्ष रुमलिएको बताए। “अब कुरेर, लामो समय जेलनेल बसेको र भत्ता खाने राजनीतिबाट अब डेलिभरीको राजनीतिमा जानुपर्छ,” उनले भने। नेपालको जनसंख्या वृद्धावस्था तर्फ उन्मुख भएकाले नेपालमा छिटोभन्दा छिटो डेलिभरी दिने किसिमले परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
“लगानीको माहौल बनाएर आर्थिक सामाजिक लक्ष्यहरूलाई परिभाषित गरेर राजनीतिक प्रतिबद्धता जनतामा गएर त्यो अनुमोदित भएर डेलिभरीमा जाने व्यवस्था हामीले शुरू गर्नुपर्छ,” उनले भने। उनले क्षेत्रीय अन्तर्राष्ट्रिय अनुकूलतालाई आन्तरिकीकरण गर्नुपर्ने बताए।
'राजनीतिक सिन्डिकेटविरुद्धमा सबै एक हुनुको विकल्प छैन’
राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा–२ मा उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डिकेटविरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताएका छन्। उनले सरकारको भागबन्डा र लुछाचुँडीको अन्त्य गर्न सबै एक ठाउँमा उभिनुपरेको बताए।
देशमा सुशासन नभएसम्म देशले विकासमा उल्लेखनीय प्रगति हासिल नगर्ने उनको भनाइ छ। उनले आफूहरूमा अलमलिने छुट नरहेको जिकिर गरे। “देशमा सुशासन नभएसम्म हामी अलमलिइरहन्छौँ। तर अब हामीसँग अलमलिने छुट छैन। देशको समृद्धिको लागि हामीले अब जाग्नुपर्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
