पाकिस्तानी विदेश मन्त्रालयले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न इरान सरकारसँग माग गरेको छ।
इरान समर्थित ‘आतंकवादी’ले पाकिस्तानी सीमा सुरक्षा बलका चार जनाको हत्या गरेको पाकिस्तानी सेनाले जनाएको छ। बलोचिस्तान प्रान्तको केच जिल्लास्थित पाकिस्तान–इरान सीमा जलगाई क्षेत्रमा गस्ती गरिरहेका सीमा सुरक्षा बलका सुरक्षाकर्मीमाथि शनिबार आक्रमण भएको हो।
आक्रमणकारीहरूले सुरक्षाकर्मीका साथमा रहेका हतियारहरू पनि लुटेको बताइएको छ। आक्रमणको केही समयमै उनीहरूको मृत्यु भएको पाकिस्तानको सार्वजनिक समन्वय अन्तर सेवा (आईएसपीआर)को विज्ञप्तिमा उल्लेख छ। भविष्यका सम्भावित आक्रमण रोक्न र आतंकवादी समूहविरुद्ध प्रभावकारी कदम चाल्न इरानी पक्षसँग सम्पर्क गरिरहेको आईएसपीआरले जनाएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले घटनाको निन्दा गर्दै मृतकहरूपति श्रद्धाञ्जली र उनीहरूका परिवारका लागि प्रार्थना गरेको बताएका छन्। “मुलुकको सुरक्षार्थ खटिएकाहरूले देशको रक्षाका क्रममा ज्यान गुमाएका छन्। आंतकवादलाई परास्त गरेपछि मात्रै हामी आराम गर्नेछौँ,” शरिफको भनाइ थियो।
यस्तै, पाकिस्तानी विदेश मन्त्रालयले पनि घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न इरान सरकारसँग माग गरेको छ। आक्रमणका जिम्मा अहिलेसम्म कसैले नलिएको पाकिस्तानी पत्रिका डनले जनाएको छ।
यसअघि पनि जनवरीमा पाकिस्तान इरान सीमा क्षेत्रको पञ्जगुर जिल्लामा आतंवादी गतिविधिका कारण ४ जनाको मृत्यु भएको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
