बारामा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय, पूर्वमन्त्री जोशीको कारबाही फुकुवा

२०७९ सालको निर्वाचन पहिले कारबाहीमा परेका उपनिर्वाचन हुने तीन क्षेत्रका नेताको पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको सहमहामन्त्री पाण्डेले बताए। 

काठमाडौँ– कांग्रेसले बारा–२ को उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनका साझा उम्मेदवारका यादवलाई समर्थन गर्ने गरेको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए।

यस्तै बैठकले कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ।

२०७९ सालको निर्वाचन पहिले अनुशासनको कारबाहीमा परेका उपनिर्वाचन हुने तीन क्षेत्रका नेतालाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको पाण्डेले बताए। 

यद्दपि जसपाले बारा–२ मा उपेन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय भने गरिसकेको छैन।