नदीमा हराएको क्यामरा १३ वर्षपछि भेटिँदा फोटो–भिडियो जस्ताको तस्तै

कोलोराडोमा र्‍याफ्टिङ गर्ने क्रममा १३ वर्षअघि हराएको क्यामरा भेटिँदा त्यसमा रहेका सबै तस्वीर र भिडियो सुरक्षित रहेको पाइएको छ।

अमेरिकाको कोलोराडो नदी सफा गर्ने क्रममा एक व्यक्तिले पुरानो खिया लागेको क्यामरा भेटाए। सफा गर्ने क्रममा क्यामराले खिचेका भिडियो र तस्वीरहरू सुरक्षित भेटियो। क्यामरामा एक दम्पतीको बिहेको भिडियो र अन्य थुप्रै तस्वीरहरू थिए।

क्यामरामा कैद भएको बिहेको भिडियो कसको हो भनेर खोज्न ती व्यक्तिले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरे। सामाजिक सञ्जालमा पोस्ट भिडियोका आधारमा दुलही फेला परिन्। उनी थिइन् कोरल अमायी। क्यामरामा तस्वीर र भिडियो अहिलेसम्म पनि सुरक्षित नै भेटिँदा उनी निकै खुशी छिन्। तर, क्यामरा भने उनको थिएन।

सोधपुछका क्रममा त्यो क्यामरा उनीकी साथीको रहेको पत्ता लाग्यो। जसले कोलोराडोमा र्‍याफ्टिङ गर्ने क्रममा १३ वर्षअघि हराएकी थिइन्। सोच्दै नसोचेको कुरा भएको भन्दै अमायीकी साथी छक्क परेकी छिन्।

क्यामरामा कैद तस्वीरहरूमध्ये एक साथीकी छोरी पनि छिन्, जसलाई आफूले लामो समयदेखि नभेटेको र अब उनलाई भेटेर कुराकानी गर्न मन लागेको अमायीकी साथीले बताइन्। हराएको क्यामराभित्रका तस्वीरहरूले विगतलाई ताजा गरिदिएको भनेर उनीहरू अहिले दंग छन्।