आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कालिन्चोक दर्शन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ विन्दुमा ओरालो लागेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.७२ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३३ अंक घटेको छ।
आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर एक अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। गत बिहीबारको तुलनामा सेयर कारोबार रकम बढेको छ।
नेप्सेका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ। त्यस्तै, लगानी, जलविद्युत्, वित्त, विकास बैंक, लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कालिन्चोक दर्शन कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सिटिजन्स म्युचुअल फन्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ। यता स्वाभिमान लघुवित्तको सेयर ९.६१ प्रतिशत घटेको छ। आइतबार कारोबारमा एनआईसी एशिया बैंकको पाँच करोड पाँच लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
