ठूला दलले तीन क्षेत्रमा नै उम्मेदवार टुंगो लगाइसकेका छन्। नेकपा माओवादी केन्द्रले भने कुनै पनि क्षेत्रमा उम्मेदवारी घोषणा गरेको छैन। उसले सबै क्षेत्रमा सत्ता गठबन्धनका दललाई सघाउने सम्भावना छ।
काठमाडौँ- आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीन क्षेत्र तनहुँ-१, चितवन-२ र बारा-२ मा सोमबार उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले ती क्षेत्रका लागि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ।
ठूला दल र गठबन्धनले यी क्षेत्रमा उम्मेदवार टुंगो लगाइसकेका छन्। नेकपा माओवादी केन्द्रले भने कुनै पनि क्षेत्रमा उम्मेदवारी घोषणा गरेको छैन। उसले सबै क्षेत्रमा सत्ता गठबन्धनका दललाई सघाउने सम्भावना छ।
नेपाली कांग्रेसले तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनबाट बारा-२ मा जसपा अध्यक्षा उपेन्द्र यादव उम्मेदवार बन्ने सम्भावना छ। नेकपा एमालेले तनहुँ-१ मा सर्वेन्द्र खनाल र चितवन-२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ। बारा-२ का लागि एमालेले उम्मेदवार टुंगो लगाइसकेको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ-१ मा स्वर्णिम वाग्ले, चितवन-२ मा सभापति रवि लामिछाने र बारा-२ मा रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ।
यस्तै जनमत पार्टीले बारा-२ मा शिवचन्द्रप्रसाद कुशवाहालाई उम्मेदवार बनाउने भएको छ। उनी केही दिनअघि मात्रै माओवादी परित्याग गरेर जनमत प्रवेश गरेका थिए। मंसिर ४ गते भएको चुनावमा उनी जसपाका रामसहाय यादवसँग झिनो मतले पराजित भएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीले तनहुँ-१ मा शोभा गुरूङ, चितवन-२ मा जीवलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने भएको छ।
आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा बाजागाजासहित नजान र २५ जनाभन्दा धेरै भेला नहुन आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
