एमाले महासचिव शंकर पोखरेलले बारा-२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नै एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
काठमाडौँ- आगामी वैशाख १० गते हुने उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नं. २ बाट नेकपा एमालेले पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले पौडेललाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नै एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
पौडेल पूर्व खेलकुदमन्त्री हुन्। एमालेभित्र विवाद उत्कर्षमा रहेका बेला माधव नेपाल समूहमा रहेका पौडेल नेपालले नयाँ पार्टी निर्माण गर्दा भने एमालेमै रहेका थिए।
यसअघि मंसिर ४ मा भएको निर्वाचनमा बारा-२ मा एमालेले जसपालाई समर्थन गरेको थियो। जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि प्रतिनिधिसभा सदस्य पद रिक्त भएको थियो।
बारा-२ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह प्रतिस्पर्धा गर्दैछन्। बारा २ सहित, चितवन २ र तनहुँ १ मा पनि उपनिर्वाचन हुँदैछ। तीनवटै क्षेत्रमा सोमबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
