विश्वकै सबैभन्दा ठूलो फास्ट–फुड चेन म्याकडोनाल्डका अमेरिकाभरिका सबै कार्यालय अस्थायी रूपमा बन्द भएका छन्। म्याकडोनाल्डले सबै कर्मचारीलाई इमेल पठाएर सोमबारदेखि बुधबारसम्म घरैबाट काम गर्न भनेको छ।
विश्वकै सबैभन्दा ठूलो फास्ट–फुड चेन म्याकडोनाल्डका अमेरिकाभरिका सबै कार्यालय अस्थायी रूपमा बन्द भएका छन्। कर्पोरेट कर्मचारीलाई ताजा ढंगले परिचालन गर्ने तयारीका लागि कार्यालयहरू सोमबारबाट तीन दिन बन्द गरिएको ब्लुम्बर्गले जनाएको छ।
म्याकडोनाल्डले अमेरिकाका सबै कर्मचारीलाई इमेल पठाएर सोमबारदेखि बुधबारसम्म घरैबाट काम गर्न भनेको छ। साथै, भौतिक उपस्थितिमा कुनै पनि बैठक नगर्न र कर्मचारी कटौती गर्न लागिएको जानकारी भुर्चअल रूपमा पठाउन यस्तो गरिएको कम्पनीले जनाएको छ।
अप्रिल ३ देखि कार्यालय बन्द गरेर संगठनभरिकै कर्मचारीको भूमिका र उनीहरूको संख्याबारेको महत्त्वपूर्ण निर्णय गरिने कम्पनीले जनाएको छ। कति संख्यामा कर्मचारी निकाल्ने भन्ने केही खुलाइएको छैन। यद्यपि, यो संख्या बुधबार सार्वजनिक हुने जनाइएको छ। कम्पनीको व्यापार रणनीति अन्तर्गत कर्पोरेट कर्मचारीको तहगत समीक्षा गरिने जानकारी म्याकडोनाल्डले जनवरीमा दिएको थियो।
विश्वको आर्थिक मन्दी र महँगीका कारण विभिन्न बहुराष्ट्रिय तथा प्राविधिक कम्पनीहरूले कर्मचारी कटौती गरिरहेका छन्। गुगल, अमेजन र फेसबुकसहित विभिन्न ठूला कम्पनीले ठूलो संख्यामा कर्मचारी कटौती गरेका छन्। सञ्चालन खर्च कटौतीका लागि यसो गरिएको ती कम्पनीको भनाइ छ।
यसैबीच, विभिन्न प्राविधिक कम्पनीमा ठूलो संख्यामा हुने कर्मचारी कटौतीले प्राविधिक क्षेत्रका अधिकांश भारतीय कर्मचारी मारमा परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विशेषगरी एच–वानबी भिसामा अमेरिकामा काम गरिरहेका भारतीयहरूले नयाँ काम खोज्ने समय नपाएको र कामविहीन बस्नुपरेको बताइएको छ।
यस भिसामा हुनेहरूले काम नगरी वा कसैको स्पोन्सरसिपबिना केबल ६० दिनसम्म अमेरिकामा वैधानिक रूपमा बस्न पाउँछन्। तर समयमा काम नपाउँदा समस्या परेको भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
